रानीमहलमा लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीको समन्वय बैठक, २ प्रदेश साझा सरोकारको विषय सामूहिक एजेन्डा बन्नुपर्छ: मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश साझा सरोकारका विषयलाई सामूहिक रूपमा सम्बोधन गर्न पहल आवश्यक पर्ने बताएका छन्। लुम्बिनी प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश स्तरीय बैठकलाई बुधबार पाल्पाको रानीमहलमा सम्बोधन गर्दै उनले सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटनलगायत साझा सरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताएका हुन्।
उनले प्रदेशका साझा सरोकारका विषयलाई संयुक्त रूपमा आवाज उठाउन जरुरी रहेको धारणा राखे। उनले सुनौली नाका हुँदै भित्रिने भारतीय पर्यटकलाई पोखरासम्म पुर्याउने बारेमा पनि साझा योजना आवश्यक पर्ने बताएका छन्। सिद्धार्थ राजमार्गको विस्तार, बसाइँसराइका कारण पहाडहरू रित्तिन थालेको विषय दुई प्रदेशको साझा सरोकारभित्र पर्ने बताएका छन्। साझा मुद्दालाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्नेमा उनको जोर थियो।
२ प्रदेश मिलेर गर्न सकिने योजनाका साथै संघीयताका कार्यान्वयनका बारेमा अनुभव साट्न यो फोरम उपयुक्त थलो भएको बैठकमा सहभागी गण्डकीका प्रमुख सचिव रघुराम विष्ट बताउँछन् ।
बैठकपछि घोषणापत्रका रुपमा साझा प्रतिबद्धता समेत जारी गरिने भएको छ ।
बैठकमा गण्डकीबाट आर्थिक मामिला मन्त्री टकराज गुरुङ, पर्यटन मन्त्री मित्रलाल बस्याल, नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, प्रमुख सचिव रघुराम विष्ट लगायत सहभागी छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया