पोखरा आज देशकै प्रदूषित सहर

पोखरा ।
नेपालमा वायु प्रदूषणको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। वातावरण विभागका पछिल्ला तथ्यांकअनुसार, पोखरा बुधबार देशकै सबैभन्दा प्रदूषित सहर बनेको छ। गण्डकी बोर्डिङ क्षेत्रको वायु गुणस्तर सूचकांक एक्यूआई १८७ पुगेको छ, जुन अस्वस्थ मानिन्छ।
चितवनको भरतपुर १७० एक्यूआईका साथ दोस्रो स्थानमा छ। वातावरण विभागका अनुसार, भैंसेपाटीमा १५४ एक्यूआई र रत्नपार्क क्षेत्रमा १५१ एक्यूआई मापन गरिएको छ । विभागले खुमल्टार, शंखपार्क, भक्तपुर, र धुलिखेललाई समेत आज अत्यधिक प्रदूषित शहरकाे सूचिमा राखेकाे छ ।
वायु गुणस्तर सूचकांक एक्यूआई का मापदण्ड वातावरण विभागका अनुसार ०–५० एक्यूआई राम्रो, ५१–१०० मध्यम, १०१–१५० अस्वस्थ, १५१–२०० अस्वस्थ (संवेदनशील समूहका लागि जोखिमपूर्ण),२०१–३०० निकै अस्वस्थ, ३०१ भन्दा माथि खतरनाक मानिन्छ।
वायु प्रदूषण बढ्न सक्ने भएकाले, वातावरण विभागले आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ। बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका समस्या भएका व्यक्तिहरुले मास्क प्रयोग गर्न र सकेसम्म घरमै बस्न विभागको सल्लाह छ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया