आहारारा पोखरा गोल्डकप : पुलिस उपाधि नजिक

पोखरा ।
चर्च ब्वाइज यूनाइटेड क्लबलाई हराउँदै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । योसँगै नेपाल पुलिस कीर्तिमानी ११ औं पटक आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ ।
खेलको ५८ औं मिनेटमा सन्जिव लामाले गरेको गोल पुलिसका लागि फाइनल पुग्न पर्याप्त रह्यो । उनले पेनाल्टी बक्सको बाहिरबाट गरेका प्रहार चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रसिंह थापाले रोक्ने कुनै मौका नै पाएनन् ।
पुलिसले बिहीबार हुने दोस्रो सेमिफाइनल अन्तर्गत थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको विजेतसँग उपाधिका लागि शनिवार खेल्नेछ ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।





अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया