पोखराको फोहोर आजबाट उठ्यो

पोखरा ।
पोखरा महानगरको फोहोर बिहीबारबाट उठाइएकाे छ । करिब एक सातादेखि महानगरको फोहोर नउठ्दा मुख्य सडक र बस्तीका खाली ठाउँमा फोहोर थुप्रिएको थियो । महानगरले फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर ३२ लामेआहाल क्षेत्रका बासिन्दासँग सहमतिपछि फोहोर उठेकाे हो ।
लामेआहालमा अस्थायी रुपमा फोहोरमैला व्यवस्थापन हुँदै आएको सम्झौता अवधि सकिएपछि स्थानीयले फोहोर व्यवस्थापन गर्न रोकेका थिए । बुधबार मेयर धनराज आचार्यको उपस्थितिमा भएको स्थानीय सरोकारवालसँगको छलफलपछि फोहोर व्यवस्थापन गर्न दिन स्थानीय राजी भएका हुन् ।
महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले छलफलले स्थानीयका माग सम्बोधन गर्ने र बिहीबारबाट फोहोर व्यवस्थापन पूर्ववत् गर्ने निर्णय गरेको जानकारी दिए । ‘पोखरा महानगरपालिका वडा नं ३२ को सामाजिक, पूर्वाधार विकास, वातावरण र विपद व्यवस्थापनको क्षेत्रत्रमा देखिएका सवाल तथा समस्यालाई महानगरपालिकाको तर्फबाट आगामी कार्यपालिका/नगरसभामा छलफल गरी सम्बोधन गरिने प्रतिबद्धतापछि फोहोर व्यवस्थापनमा सहमति जुटेको छ,’ प्रवक्ता तिम्सिनाले भने ।
फोहोरमैला प्रभावित क्षेत्रमा सरसफाइ, विकास निर्माणबारे गर्नुपर्ने काममा प्रतिवद्धता जनाएर पनि काम नभएको भन्दै फोहोर व्यवस्थापनमा समस्या हुने गरेको छ । पोखरा महानगरमा अहिले ६ वडा कम्पनीले फोहोर व्यवस्थापन गर्दै आएका छन् । पोखरामा दैनिक एक सय टन जति फोहोर संकलन हुन्छ । महानगरले २०२३ जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।
फोहोर व्यवस्थापन उचित तवरले नहुँदा दुर्गन्ध फैलिएको, सडक कच्ची हुँदा हिलो र धुलोले सास्ती दिएको भन्दै स्थानीयले बेला बेलामा फोहोर फाल्न अवरोध गर्दै आएका छन् । पोखरा १४, बाच्छेबुडुवाको ल्याडफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बन्द गर्नुपरेपछि महानगरले वैकल्पिक व्यवस्था खोजेको थियो ।
पोखरा महानगरले वडा नम्बर ३३ को पुँडिटार क्षेत्रमा रहेको झाक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्याडफिल साइट बनाउन निर्णय गरिसकेको छ । ल्याडफिल साइट नभएर फोहोर प्रशोधन केन्द्र बनाउने योजना भए पनि त्यो अघि बढ्न सकेको छैन ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया