अनुभव आदानप्रदान गर्ने सहमति
समाधान संवाददाता
२०८१ फागुन १ गते ११:५९

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्की र दि डिप्लोम्याटिक क्लब नयाँदिल्ली भारतबीच व्यापार, वाणिज्य र संस्कृतिसम्बन्धी अनुभव आदानप्रदान गर्ने सहमति भएको छ । त्यसका लागि भएको सम्झौतापत्रमा चेम्बरको तर्फबाट उमराज बास्तोला र भारतको क्लबको तर्फबाट अध्यक्ष डा मुर्तिदेवरा भोटलाले हस्तास्क्षर गरेका छन् ।
पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष बास्तोलाले दुई पक्षीय हितका अलवा उद्योग, व्यापार पर्यटन, संस्कृति कृषि क्षेत्रमा संयुक्त रुपमा काम गर्ने सहमति भएको जानकारी दिए । उनले पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गर्न लागेको सन्दर्भमा धेरैभन्दा धेरै भारतीय पर्यटकलाई पोखरा भित्रयाउने विषयमा समेत छलफल भएको बताए ।
अध्यक्ष बास्तोलाले दुबै व्यवसायिक संस्थाबीच लगानी सम्मेलन, ग्लोबल समिट गर्ने लगायतका विषयमा समेत छलफल भएको उल्लेख गरे ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया