सशस्त्र प्रहरी बल गुल्मको स्थापना दिवस

सुन्दरकुमार थकाली २०८१ फागुन १ गते १४:४८

जोमसोम ।
मुस्ताङमा सशस्त्र प्रहरीले एघारौं औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म हेडक्वाटर मुस्ताङको आयोजनामा बुधबार मुस्ताङको जोमसोम स्थित होम्दामा सशस्त्र प्रहरी बल नेपाल नं. ३३ हेडक्वाटरले आफ्नो एघारौ स्थापना दिवस मनाएको हो ।

Advertisement


सशस्त्र प्रहरीको एघारौ स्थापना दिवसको एक समारोहकाबीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुलबहादुर नेम्वाङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । सो अवसरमा महानिरीक्षक (डिआईजी) नेम्वाङले मुस्ताङ जिल्ला धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा प्रसिद्ध रहेको र पछिल्लो समय सडक सहज भईसकेकाले पर्यटकीय आवागमन बढ्दो रहेको उल्लेख गरे ।

पर्यटक बढेसंगै सुरक्षा चुनौती थपिने भएकाले शान्ति सुरक्षा र विपद उद्दार लगायतका कार्यहरुमा सशस्त्र प्रहरी बल नेपालले उल्लेखनीय भूमिका निर्वाह गर्न निर्देशन दिए । विगतमा पनि यहाँबाट सशस्त्र प्रहरीले राम्रो कार्यसम्पादन गरिरहेको स्मरण गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक नेम्वाङले भावी दिनमा पनि सीमा सुरक्षा, शान्ति सुरक्षा, र प्राकृतिक विपद उद्दारमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरे ।

Advertisement


सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्मको एघारौं स्थापना दिवसमा घरपझोङ गाउँपालिका अध्यक्ष मो्हनसिंह लालचन र मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुस्ताङमा सशस्त्र प्रहरी बल नेपालको योगदानबारे चर्चा गरेका थिए ।


सशस्त्र प्रहरी बल नेपालको नं. ३३ हेडक्वाटर गुल्मको एघारौं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल न्पालको क्वीक ईन्प्याक्ट प्रोजेक्ट अन्तर्गत निर्माण सम्पन्न भएको नवनिर्मित मलामी पुजा घरको साँचो सशस्त्र प्रहरी नायब महानिरीक्षक नेम्वाङले घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई हस्तान्तरण गरेका थिए । स्थापना दिवसमा नायब महानिरीक्षक नेम्वाङले विभिन्न पुरस्कार तथा प्रशंसा पत्र वितरण गरेका थिए ।

Advertisement


मुस्ताङ स्थित सशस्त्र प्रहरी बल नेपाल गुल्मले यसअघि एघारौ स्थापना दिवसको अवसरमा मुस्ताङ जिल्लाको विभिन्न पर्यटकीय गन्तब्यहरुको सरसफाई तथा वृक्षारोपण सम्पन्न गरेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया