बाटुलेचौरमा मुटु सम्बन्धी स्वास्थ्य शिविर हुने

समाधान संवाददाता २०८१ फागुन १ गते १५:४४

पोखरा ।

Advertisement

पोखराको बाटुलेचौरमा फागुन ३ गते हुन लागेकाे मुटु सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको हुने भएको छ । हिमालय क्लबको आयोजनामा शिविरको हुन लागेकाे हाे ।

शिविरकाे तयारी पुरा भएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा हुने शिविरमा सुगर प्रेसर सहित निशुल्क ईको र ईसिजी सेवा प्रदान गरिने कार्यक्रम संयोजक शिवराज देवकोटाले बताए ।

शिविरमा काडियोलोजिष्ट डा मनोज कोईराला, कन्सल्टेन्ट फिजिसियन डा सुनिल गौतम, डा विवेक लामिछाने र डा विज्ञान लामिछानेको टोलीले सेवा प्रदान गर्ने देवकोटाले जानकारी दिए ।

बाटुलेचौरस्थित कालिका भवनमा हुने शिविरमा प्रेसर, मुटुको भल्व फेरेका, हृदयघात भएका, जन्मजात सर्जरी गरेका र स्टेन्थ हालेका बिरामीलाई लक्षित गरिएको बताइएको छ । शिविरको व्यवस्थापन गर्न देवकोटाको संयोजकत्वमा क्लबका पूर्व अध्यक्ष सुशील बस्नेत र सुन्दर थापा सदस्य छन् ।

Advertisement

समितिले मुटु सम्बन्धी शिविरमा सहभागी भई सेवा लिन आग्रह समेत गरेको छ । शिविरमा अर्मला प्राथामिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग, संरक्षण आमा समुह र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिको सहकार्य रहने क्लवले जनाएको छ । क्लवले यस अघि पनि निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया