गणपति लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

पाेखरा ।
गणपति लघुवित्त वित्तीय संस्था डेढगाउँकाे वित्तीय साक्षरता कार्यक्रम भएकाे छ । बिहीबार भएकाे कार्यक्रममा बौदीकाली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ प्रमुख आतिथ्यतामा थिए ।
वडाध्यक्ष श्रेष्ठले बैंक वित्तीय संस्थाहरुबाट आवश्यकताको आधारमा मात्रै कर्जा लिनुपर्ने धारणा व्यक्त गरे । अनावश्यक खर्चलाई कटौति गरेमा भविष्यमा आर्थिक सहायता हुने बताउँदै अरुकाे देखासेखिमा नलागी अवस्थानुसार वित्तीय कारोबार गर्न सुझाए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय डेढगाउँका प्रमुख तथा प्रहरी निरिक्षक गणेश ज्ञवाली, कृष्ण गण्डकी बचत तथा ऋण सहकारीका व्यवस्थापक यादव ओझा लगायतको सहभागीता थियो ।
संस्थाको तालिम विकास तथा प्रर्वतन विभाग प्रमुख प्रभुराज थापाले प्रशिक्षण दिएका हुन् । कार्यक्रममा वित्तिय अनुशासन, पारिवार बजेट निर्माण, आम्दानी खर्च र वचतको व्यवस्थापन, कर्जाको महत्त्व र प्रयोग, कानुनी अवधारणाका आधारमा कालोसुचिमा पर्ने अवस्थाबारे जानकारी गराइएकाे थियाे । लघुवित्त सम्बन्धि भ्रम र यथार्थ सम्बन्धि समसामयिक बिषयबस्तुका बारेमा छलफल भएकाे थियाे ।
कार्यक्रममा उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख, उत्कृष्ठ व्यवसायिक ग्राहक ३ जनालाई सम्मान गरिएको थियो । वित्तीय साक्षरता कार्यक्रमको केन्द्र नं. १४८ कि सदस्य तथा बौदिकाली गाउँपालिका वडा नं. २ कि वडा सदस्य श्रीमती ज्ञानिसरा बिककाे अध्यक्षतामा भएकाे कार्यक्रममा ६१ जना ग्राहक सदस्यहरुको सहभागिता थियाे । शाखा प्रबन्धक सृष्टी रिजाल, मुग्लीन अनुगमन अधिकृत गोकर्णप्रसाद जोशी लगायतले बाेलेका थिए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया