विश्लेषक झलक सुवेदीलाई मातृशोक
समाधान संवाददाता
२०८१ फागुन २ गते १९:०५

पोखरा ।
राजनीतिक विश्लेषक झलक सुवेदीलाई मातृशोक परेको छ । उनकी आमा शारदाको ८६ वर्षमा गत माघ २९ गते काठमाडौंमा निधन भएको हो ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोक, काउरे घर भएको सुवेदी परिवार अहिले काठमाडौं बस्दै आएको छ । दिवंगत शारदा भाचोक काउरेका सुवेदी परिवारका ज्येष्ठ सदस्य हुन् । शारदाको १९९६ साल मंसिर २ गते जन्म भएको हो ।
माइती लमजुङ चिसंकु भएकी शारदाको साहित्य, राजनीति र सामाजिक क्षेत्रमा योगदान रहेको छोरा झलक सुवेदीले जानकारी दिए । शारदाले २०४६ सालको आन्दोलन, मदन भण्डारी, विद्यार्थी मास्ने, छोराको पुर्जी आउँदा, बसाई जाँदा, तीर्थको धोको, देउ देउताको सम्झना, टाढा जाने छोराको सम्झना लगायत कविता लेखेकी छिन् । उनका छोराहरु गंगाप्रसाद, झलक, दीपकप्रसाद, गान्धीप्रसाद छन् ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया