हिसान गण्डकीको फुटसल प्रतियोगिता ४ गतेबाट

समाधान संवाददाता २०८१ फागुन २ गते २०:०९

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजजिक भएको छ ।

Advertisement

फागुन ४ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयतर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पसतर्फ ९ क्याम्पसले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा रामजी शर्माले जानकारी दिए ।

उनले कलेज तर्फको विजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रदेशस्तरीय फुटसल प्रतियोगितामा कास्कीका १० विद्यालय, बागलुङका २ तनहुँको एउटा विद्यालय गरी १३ विद्यालयले प्रतिप्रर्धा गर्ने छन् । उनले प्रतियोगिता गर्न करिब १० लाख खर्च लाग्ने बताए । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ ।

फुटबलको विकासका लागि प्रतियोगिता गरेको हिसानका उपाध्यक्ष बाबुराम पन्तले बताए । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्लबले गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया