संघीयता कमजोर बनाइयो, सरकारको जागर देखिँदैनः हरिबहादुर चुमान

पोखरा । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले संघीयताको प्रभावकारी कार्यान्वयन र कानुन निर्माणका विषयमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाए । कतिपय कानुनलाई संघ सरकारले रोकिराखेको आरोप लगाए । ‘हामीले यहाँबाट कानुन कार्यान्वयनका लागि नै बनाएका हौं, तर संघ सरकारले कार्यान्वयनको स्थिति दिएको छैन,’ शुक्रबारको प्रदेश सभा बैठकमा उनले भने ।
चुमानले संघीयता नेपालको उपलब्धि भए पनि अहिलेको अभ्यास कमजोर रहेको बताए । ‘हामीले खोजेको संघीयता यसभन्दा बलियो थियो, तर अहिलेको संरचना धेरै नै कमजोर भएको छ,’ उनले भने । संघको कानुनसँग बाझिएर कानुन नबनाउनु गम्भीर गल्ती भएको उनको भनाइ थियो । ‘प्रदेशले आफ्नो नीति बनाउन नसक्नु गलत हो । अब हामी कानुन बनाउनुपर्छ, आवश्यकता परे संघले हेला,’ चुमानले भने, अहिले केही हुनेवाला छैन, केही बन्नेवाला छैन भन्ने स्थिति देखिएको छ । सरकारको जागर देखिँदैन । प्रदेश सभाले अब परिणाममुखी काम गर्नुपर्छ ।’






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया