सरकार असफल बन्दै गयो : राप्रपा नेता पञ्चराम गुरुङ

पोखरा । गण्डकी प्रदेश सभामा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले सरकार असफल बन्दै गएको आरोप लगाएका छन् । शुक्रबार प्रदेश सभा बैठकमा बोल्दै गुरुङले लामो समयपछि अधिवेशन सुरु नभएकाले कतिपय सांसदहरूको अनुहारसमेत बिर्सन लागेको भन्दै व्यंग्य गरे । उनले भने, ‘हिउँदे अधिवेशन ढिलो सुरु भयो, कतिपय माननीयज्यूहरूको अनुहार पनि बिर्सन लागेको जस्तो लागेको छ ।’
सरकार जनताको अपेक्षा पूरा गर्न असफल भइरहेको बताउँदै उनले दुई ठूला दलको सहकार्यबाट बनेको सरकार बलियो भए पनि त्यस अनुरूप काम गर्न नसकेको गुनासो गरे । ‘हामी प्रतिपक्षमा बसेर सरकारको कामलाई समर्थन वा विरोध गरिरहेका छौँ, तर सरकार आफैँ अल्झिएको छ,’ उनले भने । गुरुङले सरकारप्रति आक्रोश पोख्दै जनताको आवाज उठाउने प्रदेशसभा नै सरकारले बन्धक बनाएको आरोप लगाए । ‘जनताका समस्यामाथि खुलेर छलफल हुनुपर्ने स्थानमा सरकारले संसदलाई निष्क्रिय बनाउने प्रयास गरिरहेको छ ।’







जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया