गुरुकुललाई खाद्यान्न सहयोग
समाधान संवाददाता
२०८१ फागुन २ गते २०:४७

पोखरा । रानीपौवा महिला समूह (पोखरा ११) ले पोखरा ३२ स्थित लामेआहालको राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । समूहकी अध्यक्ष बेबी श्रेष्ठको नेतृत्वमा राधाकृष्ण मन्दिर शान्ति आश्रमद्वारा सञ्चालित गुरुकुल संस्कृत विद्यालयमा २२ हजारको खाद्यान्न सहयोग गरिएको हो ।
चामल, दाल, चिनी, नुन, तेल लगायतका सामग्री महिला समूहकी अध्यक्ष बेबी श्रेष्ठ, सचिव लीलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी लगायतले गुरुकुलका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीाई हस्तान्तरण गरे । अध्यक्ष श्रेष्ठले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने जनाइन् ।
गुरुकुल विद्यालयका शिक्षक दामोदर गौतमले वेद अध्ययनरत विद्यार्थीलाई गरेको अन्नदानले पुण्य प्राप्त हुने जनाए । विद्यालयका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले रानीपौवा महिला समूहलाई सहयोगका लागि आभार व्यक्त गरे ।
सम्बन्धित








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया