गुरुकुललाई खाद्यान्न सहयोग

समाधान संवाददाता २०८१ फागुन २ गते २०:४७

पोखरा । रानीपौवा महिला समूह (पोखरा ११) ले पोखरा ३२ स्थित लामेआहालको राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । समूहकी अध्यक्ष बेबी श्रेष्ठको नेतृत्वमा राधाकृष्ण मन्दिर शान्ति आश्रमद्वारा सञ्चालित गुरुकुल संस्कृत विद्यालयमा २२ हजारको खाद्यान्न सहयोग गरिएको हो ।

Advertisement

चामल, दाल, चिनी, नुन, तेल लगायतका सामग्री महिला समूहकी अध्यक्ष बेबी श्रेष्ठ, सचिव लीलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी लगायतले गुरुकुलका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीाई हस्तान्तरण गरे । अध्यक्ष श्रेष्ठले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने जनाइन् ।

गुरुकुल विद्यालयका शिक्षक दामोदर गौतमले वेद अध्ययनरत विद्यार्थीलाई गरेको अन्नदानले पुण्य प्राप्त हुने जनाए । विद्यालयका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले रानीपौवा महिला समूहलाई सहयोगका लागि आभार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया