पर्यटन प्रवद्र्धनका लागि दोहोरी गीत प्रतियोगिता

पोखरा । पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले गण्डकी प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगिताको आयोजना गरेको छ ।
गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा भएको दुई दिने प्रतियोगितामा प्रतिष्ठान नेपालका जिल्ला कार्यसमिति, दोहोरी साँझ गरी १३ समूहले प्रतिस्पर्धा गरेका छन् । कार्यक्रममा लोक तथा दोहोरी गीतको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याए वापत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्षहरु प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले अग्रज श्रष्टाहरु पराजुली र न्यौपानेलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
सचिव गुरुङले पर्यटन र लोक संस्कृति एक अर्काका परिपूरक भएको बताए । उनले लोक संस्कृतिको जगेर्ना गर्नाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘लोक तथा दोहोरी गीतले गण्डकी प्रदेशलाई चिनाउन सहयोग पुर्याएको छ,’उनले भने, ‘सम्बन्धित क्षेत्रको नियम कानुन निर्माणका अलवा नीति कार्यक्रम बजेटको व्यवस्था गरेर लोक तथा दोहोरी गीतको संरक्षणमा प्रदेश सरकारले ध्यान दिने छ ।’ उनले कलाकारले गाउने गीतले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सघाएको बताए । उनले कलाकारलाई मर्यादा, सीमा परिधिमा रहेर गीत गाउन सुझाव दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः ५० हजार, २५ हजार, १५ हजार, ८ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षत्रीले जानकारी दिइन् । प्रतियोगितामा उत्कृष्ट पुरुष र उत्कृष्ट महिला कलाकारलाई जनही ५/५ हजार नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताको निर्णायकहरुमा तारापति सुवेदी, जीवन दाहाल, पार्वती जिसी, सरला पाण्डे, चोलेन्द्र पौडेल, केशव देवकोटा, बद्री पराजुली, राजन कार्की लगायत छन् ।
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, अग्रजको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ भएको प्रतियोगितामा निर्णायक संयोजक तारापति सुवेदी, प्रतिष्ठान नेपाल कास्कीका प्रथम उपाध्यक्ष परशुराम अधिकारी, सचिव सुनिल गायक, प्रतियोगिता संयोजक नवराज अधिकारीले लोक तथा दोहोरी गीतको बारेमा बोलेका थिए ।
नेपाली मौलिक कला संस्कृतिको उन्नयन र उत्थानका लागि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको सहयोगमा भएको प्रतियोगिताले दोहोरी गीतको संरक्षण प्रवद्र्धनका अलवा गण्डकी प्रदेशका नव प्रतिभालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया