ब्ल्याक बुल्स पहिलो सहभागितामै आहारारा पोखरा गोल्डकप विजेता

पोखरा ।
उज्बेकिस्तानको ब्ल्याक बुल्सले ऐतिहासिक प्रदर्शन गर्दै नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै स्पष्ट जित निकालेको हो । टोलीका कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा सान्त्वना गोल फर्काए ।
ब्ल्याक बुल्सले यसअघि क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा थ्री स्टारलाई ४–० ले हराएको थियो । पहिलो सहभागितामै उपाधि जित्दै ब्ल्याक बुल्स आहारारा पोखरा गोल्डकप जित्ने दोस्रो विदेशी टोली बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।
विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजार नगदसहित ट्रफी प्राप्त गर्दा उपविजेता नेपाल पुलिस क्लबले ६ लाख १ हजारमा चित्त बुझायो ।








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया