फागुन ४ गते बिदा छैन: गण्डकी प्रदेश सरकार
समाधान संवाददाता
२०८१ फागुन ३ गते १८:१४

पोखरा
गण्डकी प्रदेश सरकारले फागुन ४ गते कुनै पनि सार्वजनिक बिदा नहुने स्पष्ट पारेको छ। गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते मात्र सार्वजनिक बिदा दिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बैठक तथा प्रशासन शाखाले सोमबार सूचना जारी गर्दै प्रदेशवासीलाई यसबारे जानकारी गराएको हो। शाखा अधिकृत प्रदीपचन्द्र सुवेदीद्वारा हस्ताक्षरित सूचनामा माघ २२ गते सार्वजनिक बिदा दिइएकाले फागुन ४ गते बिदा नहुने उल्लेख गरिएको छ।
प्रदेश स्थापना दिवसमा परम्परागत रूपमा बिदा दिने चलन भए पनि यसपालि प्रदेश सरकारले नीतिगत परिवर्तन गरेको हो।

सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया