कास्की आदर्श समाजमा ५ सम्मानित

पोखरा । कास्की आदर्श समाज, कतारको आयोजना तथा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज नेपालको समन्वयमा पोखरामा स्रष्टा सम्मान गरिएको छ ।
फरक–फरक पाँच विधामा सम्मान गरिएको कार्यक्रम संयोजक कृष्ण भण्डारीले जानकारी दिए । सम्मानित हुनेमा शिक्षातर्फ चतुरमान श्रेष्ठ, स्वास्थ्यतर्फ डा सूर्य देवकोटा, सञ्चारतर्फ राजबहादुर गुरुङ, साहित्यतर्फ छविलाल आचार्य र कलातर्फ माओत्से गुरुङ छन् ।
उनीहरुलाई प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले दोसल्ला, सम्मानपत्र र जनही नगद १० हजारसहित सम्मान गरे । कार्यक्रममा समाजका सदस्यका छोराछोरीमध्ये एसइइ २०८० मा उत्कृष्ट अंक ल्ययाउने सविनकुमार भण्डारीलाई सम्मान गरियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य बैरागीले विदेशमा सिकेको सीप र अनुभव नेपालमा पनि प्रयोग गर्न उनले आग्रह गरे । सन् २००२ मा रोजगारीका क्रममा कास्कीबाट कतार पुगेकाहरुले समाज स्थापना गरेका थिए । सोही संस्था अहिले २१ वटा देशमा शाखा विस्तार भएको कार्यक्रमका अर्का संयोजक अमिर श्रेष्ठले जानकारी दिए ।
समाजले अहिले अन्तराष्ट्रिय समन्वय परिषद् पनि गठन गरेको छ । कृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाँउपालिका, कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, कास्की आदर्श समाज अन्तराष्ट्रिय परिषद्का उपाध्यक्ष सन्तोष तिमिल्सिना, समाजका अन्तर्राष्ट्रिय संयोजक तिलकशाली सापकोटा, कास्की आदर्श समाज कास्की अध्यक्ष विश्वन्धु थापा, समाजका सल्लाहकार गंगाधर पराजुली, सम्मानित व्यक्तित्व डा सूर्य देवकोटा लगायतले बोलेका थिए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया