फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् ।
फोनिज मुस्ताङको शनिबार सम्पन्न दोस्रो अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा सुशिलबाबु थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सम्जना रानामगर र कोषाध्यक्षमा तृष्णा गौचन निर्वाचित भए । सदस्यहरुमा कर्साङ गुरुङ, रुक्साङ गुरुङ, यमुना लामा, साजेन हिराचन, रुपिका थकाली र मनिता थकाली सर्वसम्मत चयन भए ।
अधिवेशनको उद्घाटन मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले गरेका थिए । कार्यक्रममा अध्यक्ष लालचनले आदिवासी जनजातिको हितका लागि फोनिजका सदस्यहरुले पत्रकारिताको माध्यमबाट आवाज उठाउनुपर्ने बताए । मुस्ताङ जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पनि फोनिजले अझै सशक्त रुपमा कमल र क्यामराले चलाउनुपर्ने उनको भनाइ थियो । यसका लागि पालिकाको तर्फबाट साथ र सहयोग गर्न आफू प्रतिवद्ध रहेको उनले सुनाए ।
फोनिज गण्डकीका इन्चार्ज एमबि आस्थामगरले हिमालपारीको जिल्ला मुस्ताङमा बसेर पनि आदिबासी जनजातिको भाषा, संस्कार, सँस्कृति, कला, साहित्यको उजागर र प्रचारप्रसारमा फोनिज मुस्ताङले उल्लेखनीय भूमिका खेलेको बताए । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन उनको आग्रह थियो ।
फोनिज मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले हिमाली जिल्लामा हिउँ र चिसोका कारण पोखरामा फोनिजको अधिवेशन गर्दै फोनिज अभियानमा साथ र समर्थन रहेको सन्देश दिएको बताए । आगामी दिनमा अझै रचनात्मक काम गर्दै अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
फोनिज मुस्ताङका सचिव निरज थकालीले सञ्चालन गरेको कार्यक्रममा सहसचिव सम्जना रानामगरले स्वागत गरेकी थिइन् ।







फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया