टिपरमा मोटरसाइकल ठोक्किँदा युवाको मृत्यु
समाधान संवाददाता
२०८१ फागुन ४ गते ६:३१

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा आज भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार जङ्गलमा बिग्रिएर रोकिराखेको लु२ख ४१६६ नम्बरको टिपरमा ना३८प १२७५ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिए पनि उनको ज्यान जोगाउन भने सकिएन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस
सम्बन्धित







‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया