किर्तिपुर वर्न अस्पतालमा घाइते मन्त्री र मेयरको अवस्था बुझ्न पुगे राष्ट्रपति पौडेल

समाधान संवाददाता २०८१ फागुन ४ गते १२:३७

किर्तिपुर ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले किर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेल आइतबार बिहान सो अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए। उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको आइसियुमा शनिबार भर्ना भएका हुन् ।

तपाईको प्रतिक्रिया