प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगितामा गुरुकुलको विजयी सुरुवात

समाधान संवाददाता २०८१ फागुन ५ गते ५:०४

पोखरा । पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ ।

Advertisement

प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको कास्की च्याम्पियन गुरुकुल विद्यासदनले विजयी सुरुवात गरेको छ । गुरुकुल विद्यासदनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १–० गोलले हरायो ।

अर्को खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइबे्रकरमा ३–२ ले पराजित ग¥यो । निर्धारित समयको खेला दुई दुई गोलमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

अर्को खेलमा सूर्योदय इङलिस बोडिङ स्कुलले ग्लोबल कलेजियट स्कुललाई फराकिलो अन्तरले हरायो । सूर्योदयले ग्लोबललाई ८–२ गोल अन्तरले हराएको हो । अर्को खेलमा अरनिको स्कुल तनहँुले मदरल्यान्ड स्कुललाई ४–३ गोल अन्तरले हरायो ।

इतबारको ६ औं खेलमा चिल्डेन लाइफ इङलिस स्कुल बाग्लुङले त्रिवेणी पब्लिक स्कुल लेखनाथलाई २–१ गोलले हरायो ।
अर्को खेलमा कास्की मोडनाइ एकेडेमीले फियुचर बोडिङ स्कुल बागलुङलाई ५–१ गोलको फराकीलो अन्तरले हरायो । कलेजतर्फको फुटसलमा सोच कलेज अफ आइटीले ज्ञान कलेजलाई ९–० गोलको फराकिलो अन्तरले हरायो ।

Advertisement

फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयतर्फ १४ विद्यालयले भाग लिएका छन् भने क्याम्पसतर्फ ९ क्याम्पस सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख र दोस्रो हुने टोलीले नगद ५० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेश अध्यक्ष डा रामजी शर्माले जानकारी दिए । उनले कलेजतर्फका विजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाए ।

प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरियल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले यस्ता खेलले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

तपाईको प्रतिक्रिया