पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

गण्डकी ।
पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र ‘काठमाडौँ ट्रिएनाले’द्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ८० चित्र प्रदर्शनीमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले जानकारी दिए ।
गण्डकी प्रदेशस्तरीय यस प्रदर्शनीबाट उत्कृष्ट ठहरिएका कलाकारका चित्रलाई काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने उनले बताए । प्रदर्शनीमा अनुजदेखि स्थापित भइसकेका कलाकारका चित्रकलालाई समावेश गरिएको छ । सिर्जनशील कलाकार समूह, कास्कीसँगको सहकार्य सञ्चालित उक्त प्रदर्शनीको बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ । समूहका अध्यक्ष डिबी गुरुङले गत वर्षदेखि प्रदेशस्तरमा ललितकला प्रदर्शनीको आयोजना हुन थालेको बताए ।
सातै प्रदेशबाट छनोटमा परेका कलाकृति राष्ट्रिय ललितकता प्रदर्शनीमा राखिने नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । प्रादेशिक ललितकता प्रदर्शनीमा सबै विधाबाट उत्कृष्ट हुने एक जनालाई रु ५० हजारको पुरस्कार प्रदान गरिने भएको छ ।
चित्रकलातर्फ परम्परागत र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक/एक जनालाई र लोककला, वास्तुकला तथा अन्य सिृजनात्मक कलातर्फ दुई जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । विधागत पुरस्कारको राशि रु ३० हजार रहेको छ ।
राष्ट्रिय प्रदर्शनीमा सहभागी भई सर्वोच्कृष्ट बन्नेले रु एक लाख र विधागत रुपमा उत्कृष्ट बन्ने कलाकारले रु ६० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रदर्शनीको अवलोकन गर्दे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा आर्ट ग्यालरीलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन प्रदेश सरकारले पहल गर्ने बताए । उनले ललितकलाको विकासका लागि प्रदर्शनीले टेवा पुग्ने धारणा राखे ।
प्रदर्शनीको शुभारम्भका क्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, उपकुलपति गोरे गुरुङलगायत कला क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । प्रदर्शनीमा विभिन्न कलाकारले तयार पारेका मूर्त/अमूर्त चित्रकला राखिएको छ । प्रदर्शनीको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया