पोखरामा जलेर घाइते भएका अर्थमन्त्री आजै डिस्चार्ज, मेयर आचार्यको उपचार जारी

समाधान संवाददाता २०८१ फागुन ५ गते १२:१५

पोखरा । पोखरामा बेलुन पड्किँदा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्यमा सुधार आएपछि सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उच्च रक्तचापको समस्या रहेकोले थप केही दिन अस्पतालमै उपचार गरिने अस्पताल स्रोतले जानकारी दिएको छ।

Advertisement

जलनका कारण उपचाररत दुबै नेताको फोक्सोमा कुनै असर नदेखिएको र घाउहरू सुधारोन्मुख रहेको चिकित्सकहरूको टोलीले जनाएको छ। उपप्रधानमन्त्री पौडेललाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको भए पनि मेयर आचार्यको स्वास्थ्य अवस्था हेर्दै हृदयरोग विशेषज्ञको सल्लाहअनुसार थप उपचार गरिने भएको छ।

संक्रमणको जोखिम कम गर्न मेयर आचार्यलाई भेटघाट हाललाई बन्द गरिएको छ।

उनीहरुमा उपचारमा सघन उपचार कक्षमा प्राडा विडी झा, डा. प्रविण गिरी लगायतको टोली सहभागी छ। यसैगरी जलन विशेषज्ञ टोलीमा प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा. मनिषयादव लगायत छ। आकस्मिक उपचारमा डा. प्रयुष अर्याल र नर्सिङ्ग टोलीमा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायत छन् ।

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा हाडड्रोजन राखिएका बेलनुमा आगजनी हुँदा माघ ३ गते उनीहरु घाइते भएका थिए । पोखरामा उपचार सम्भव नभएपछि दुवै जनालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया