बेनीमा पशु अस्पताल निर्माण सुरु
म्याग्दी ।
गण्डकी प्रदेश सरकारले बेनीमा पशु अस्पताल निर्माण सुरु गरेको छ । प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत विनियोजन गरेको बजेटबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अस्पतालको भवन निर्माण सुरु गरेको हो ।
रु ४७ लाखको लागतमा चालु आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एकतले आठकोठे भवन निर्माणको काम थालिएको केन्द्रका प्रमुख डा भरत रेग्मीले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ७१ लाख बजेट विनियोजन गरेको भवन निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सबैभन्दा कम कबोलेको बेनीको एसएस बिल्डर्स प्रालिसँग गत हप्ता सम्झौता भएको थियो ।
“हाल प्रशासनिक भवन परिसरको खुल्ला आकाशमुनि पशुपक्षीको उपचार गर्नुपर्दा समस्या भएको छ”, केन्द्रका प्रमुख रेग्मीले भने, “प्रयोगशाला, एक्सरे, शल्यक्रिया, ओपिडी सहितको भौतिक संरचना बनेपछि पशुपक्षीको प्रभावकारी उपचार गर्न सहज हुने विश्वास लिएका छौँ ।”
भवनको आज प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठले शिलान्यास गरे । प्रदेश सरकारले गण्डकीका पशुलाई महामारीजन्य रोगबाट बचाउन पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेको, कास्कीमा पशु अस्पताल निर्माण भइसकेको र तनहुँमा निर्माणाधीन रहेको मन्त्री श्रेष्ठले बताए ।
यसपालि बेनीमा निर्माण हुने पशु अस्पतालमा आगामी आर्थिक वर्षको बजेटबाट उपकरण खरिद गर्ने र सेवा सुरु गरिने उनले बताए । यसैगरी मन्त्री श्रेष्ठले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले म्याग्दीमा चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिए । मन्त्रीको टोलीले बेनी नगरपालिका–७ कुरिलाखर्कमा रहेका पशुपक्षी फार्मको अवलोकन गरेको थियो ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया