फेवातालका डुंगा चालकको मापसे र लापसे जाँच

पोखरा । फेवातालमा डुंगामा सवार गर्ने यात्रुुको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार डुंगा चालकले मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षण गरेको छ ।
डुंगा चालकले ती दुबै पदार्थको सेवन गरेर डुंगा चलाउदा हुन सक्ने सम्भावित घटनालाई रोक्न कार्यक्रम गरेको प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
वडा प्रहरी कार्यालय बैदाम, सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक सेवा केन्द्र बैदामसँगको समन्वयमा लेकसाइडको बाराहीघाट र फिस्टेल गेटमा डुंगा चालकसँग अन्तक्र्रियाका अलवा मापसे परीक्षण गरिएको थियो । प्रहरी उपरीक्षक ओलियाले २४ जना डुंगा चालकको परीक्षण गर्दा १ जनाले मापसे गरेको पाइएको बताए ।
‘पोखरा आउने पर्यटकमध्ये प्रायजसोले फेवातालमा डुंगामा सयर गर्छन् । पर्यटकको सुरक्षाको लागि सांकेतिक रुपमा कार्यक्रम गरेको हो,’ उनले भने, ‘चालकले मादक पदार्थ सेवन गरेर डुंगा चलाएको सन्दर्भमा बेला बखत यात्रुबाट प्रहरीलाई उजुरी आउने गरेको छ । प्रहरीले गरेको पहलले सकारात्मक सन्देश जाने छ ।’ उनले प्रहरीले यात्रुको सुरक्षालाई ख्याल राख्दै नियमित अनुगमन गर्ने जानकारी दिए । उनले मादक पदार्थ सेवन गरेर डुंगा नचलाउन तथा यात्रुलाई राम्रो व्यवहार गर्न सुझाव दिए ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की प्रमुख भीम पराजुलीले फागुन महिना हावा हुरी चल्न सक्ने र डुंगा चालकबाट हुन सक्ने सानो गल्तीले दुर्घटना हुन सक्ने बताए । उनले अन्तर्राष्ट्रिय क्षेत्रका नकारात्मक सन्देश जाने नदिन चालकको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । फेवातालमा डुंगा दुर्घटना हुन नदिन सचेतना अभियान गर्ने जनाए ।
फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले चालकलाई मदिरा सेवन गरेर डुंगा चलाउन नदिन समितिले नियमित अनुगमन गरेको बताए । चालकले यात्रुसँग गर्ने बोली वचनको समेत निगरानी राख्ने उल्लेख गर्दै उनले मदिरा सेवन गरेको पाइएमा ३ महिना डुंगा चलाउन रोक लगाउने जनाए । उनले समितिले चालकलाई छुट्टै लाइफ ज्याकेटको व्यवस्थाका अलवा यात्रुको बिमाका व्यवस्था गर्ने योजना सुनाए ।
कार्यक्रममा डुंगा चालकले परिचयपत्र लगाएको र लाइफ ज्याकेटको अनिवार्य प्रयोगको बारेमा समेत निरीक्षण गरिएको थियो । फेवाताल भरीमा ७ सय ७६ डुंगा छन् । बाराही घाटमा समेत ३ सय ५६ डुंगा छन् । उनले २ सय ५० देखि ३ सय डुंगा चालक रहेको बताए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया