कास्की मोडर्नाइज्ड र गुरुकुल फाइनलमा

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । मंगलबार भएको विद्यालयतर्फको खेलमा विजयी कास्की मोडनाइज र गुरुकुल विद्या सदन फाइनल प्रवेश गरेका छन् ।
कलेजतर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइनल पुगेका छन् । स्कुलतर्फ कास्की मोडनाइजले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराएको हो । गुरुकुल विद्या सदनले अरनिको इङलिस बोडिङ स्कुल तनहुँलाई ८–४ गोलको फराकिलो अन्तरले पछि पा¥यो ।
कलेजतर्फको फुटसलमा इन्फोम्टिक्स कलेजले इन्फोम्यक्स कलेज अफ आइटी एन्ड म्यानेजम्यान्टलाई ९–२ गोलको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको छ । अर्को खेलमा पोखरा कलेज अफ म्यानेजम्यान्टले ला ग्रान्डी इन्टरनेस्नल कलेजलाई ६–२ गोल अन्तरले हरायो ।
फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद १ लाख र दोस्रो हुने टोलीले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । कलेजतर्फका विजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएल र दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेका छन् ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया