संविधान संशोधनबारे नेपाली कांग्रेस गण्डकीले अन्तक्रिया गर्ने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख कविता तिवारीको अध्यक्षतामा पेशागत तथा बुद्धिजीवी विभागको बैठक बसेको छ । बैठकले ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया फागुन १० गते गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको संयुक्त रुपमा आयोजनामा हुने उक्त कार्यक्रम नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा शशांक कोइलाराको उपस्थितिमा गरिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजिवी विभाग प्रमुख डा डिला संग्रौला पन्तले जानकारी गराइन् ।
संविधान संशोधन आजको आवश्यकता भएको हुँदा वैज्ञानिक ढंगबाट उत्कृष्ट संविधान निर्माणका लागि जनआवाजले संसदलाई थप बल पुग्ने अपेक्षा भएकाले ७ वटै प्रदेशमा अन्तरक्रिया कांग्रेसले गर्न लागेको विभाग प्रमुख डा संग्रौलाले बताइन् । हालसम्म ३ वटा प्रदेशबाट बुँदागत रुपमा सुझाव संकलन गरिसकेको सुनाउँदै उनले कार्यक्रममा सुझावहरु बुँदागत रुपमा संकलन गर्ने, संविधानमा त्रुटि देखिएका बुँदालाई पुन संशोधन गर्ने गरी कार्यक्रम तय गरिएको उल्लेख गरिन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संविधान संशोधन आजको आवश्यकता भएको र संशोधनमा थुप्रै चुनौती भएका हुँदा वैज्ञानिक ढंगबाट त्रुटिरहित बनाउन गरिएको नेपाली कांग्रेसको नवीनतम प्रयासले विशेष महत्व राख्ने उल्लेख गरे ।
कार्यक्रममा नेता, कार्यकर्ता, अधिवक्ता, नागरिक समाज, संविधानविद, विषयगत विज्ञ र नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरुको सुझाव संकलन गरिने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी गराए । बैठकमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ, प्रजातान्त्रिक चिकित्सक संघ गण्डकी प्रदेश उपाध्यक्ष प्राडा इश्वर शर्मा कँडेल, वन प्राविधिक संघका उपाध्यक्ष निर्मला फुलारा, प्राडा वेदनाथ शर्मा, प्राडा रामचन्द्र पोखरेल, पवित्रा घिमिरे, सन्तोष पौडेल, नारायणप्रसाद पराजुलीले बोलेका थिए ।









‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया