कास्की कांग्रेसमा ५ शाखा विस्तार
समाधान संवाददाता
२०८१ फागुन ७ गते ५:११

पोखरा । नेपाली कांग्रेस कास्कीमा विभिन्न ५ वटा शाखा विस्तार गरिएको छ ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले काँग्रेसको विद्यान एवं नियमावली अनुसार शाखा विस्तार गरेका हुन् ।
यसअघि गठन गरिएका शाखाहरु जिल्ला कार्यसमितिको बैठकले विघटन गरेपछि पाँच वटा शाखा विस्तार गरिएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
विस्तारित शाखाहरुमा बाबुराम गिरीको संयोजकत्वमा उद्योग वाणिज्य समन्वय शाखा, विकास थापाको संयोजकत्वमा भातृ संस्था समन्वय शाखा, सुरेन्द्र अधिकारीको संयोजकत्वमा शुभेच्छुक संस्था समन्वय शाखा, धनमाया गुरुङको संयोजकत्वमा जनप्रतिनिधि समन्वय शाखा र अर्पण कोइरालाको संयोजकत्वमा अपांगता समन्वय शाखा छन् । अन्य शाखाहरु पनि क्रमिक रुपमा थप गर्दै लगिने सभापति बरालले बताए ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया