एमाले कास्कीले ३ महिने ‘जरा अभियान’ सुरु गर्दै, सभागृहमा अभिमुखिकरण कार्यक्रम फागुन ९ गते

समाधान संवाददाता २०८१ फागुन ७ गते १८:३५

पोखरा ।
नेकपा (एमाले) कास्की जिल्ला कमिटीले आगामी तीन महिने ‘जरा अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
माघ महिनादेखि चैतसम्म सञ्चालन हुने यस अभियानको उद्देश्य पार्टीको जनसंगठनको विस्तार र सदस्यता नवीकरण गर्दै स्थानीय तहमा पार्टीको उपस्थितिलाई सुदृढ बनाउने रहेको कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।

Advertisement


अभियान सुरु गर्न फागुन ९ गते बिहान ११ बजे सभागृहमा जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, खगराज अधिकारी तथा स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहने सचिव लामाले जानकारी दिए ।


‘जरा अभियान’को उद्देश्य पार्टीको संगठनात्मक मजबुतीलाई प्रगाढ बनाउनु र जनसंगठनको विस्तार गर्ने रहेको उनले सुनाए । ‘यस अभियानले पार्टीका गतिविधिहरूलाई गाउँगाउँमा पु¥याउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ र यसले जनसंगठनलाई थप सक्रिय बनाउन मद्दत गर्नेछ । पहिलो कुरा, त यो जरा अभियानले गुटबन्दी अन्त्य गर्नेछ,’ लामाले भने ।


कास्की जिल्लामा पार्टीका कार्यकर्ताहरूलाई जनताको घरघरमा पुगेर पार्टीका नीति र गतिविधिहरूको बारेमा जनतालाई जानकारी गराउन अभियान सुरु गर्न लागिएको हो । फागुन १ गते बैनबहादुर क्षेत्री अध्यक्षतामा बसेको बैठकले जरा अभियान टोल कमिटी हुँदै जनताको घरघरमै पुग्ने निर्णय गरेकाे हाे ।


कार्यक्रममा कास्की जिल्लाका सबै तहका कमिटीलाई एकजुट गरेर जनसंगठनको विस्तार र पार्टी सदस्य बढाउने सचिव लामाले जानकारी दिए । ‘हामीले यस अभियानमार्फत सदस्यता नवीकरण र पार्टीको राजनीतिक प्रभावलाई स्थानीय तहमा बलियो बनाउने योजना बनाएका छौं । यस अभियानले पार्टीलाई जनतासँग जोड्न र जनसंगठनको स्तरलाई पनि उचाइमा पु¥र्याउने छ । अहिलेको सरकारले गरेका राम्रा कामलाई घरघरमा पु¥याउने हाम्रो उद्देश्य हो,’ लामाले भने ।

Advertisement

बैठकमा लिइएका निर्णयहरूमा प्रमुख रूपमा जरा अभियानका कार्यतालिका, सदस्यता नवीकरण र जनसंगठनको बैठकहरूको आयोजना गर्ने कुरा उल्लेख गरिएको छ । यो अभियान अन्तर्गत जनप्रतिनिधिहरूसँगको समन्वयलाई सुधार्ने, पार्टीका गतिविधिहरू र योजनाहरूलाई जनतासम्म पुर्याउने र जनप्रतिनिधिहरूसँगको सहकार्यलाई मजबुती दिने लक्ष्य राखिएको छ ।


अभियानको अर्को महत्वपूर्ण लक्ष्य जनसंगठनहरूको सक्रियता बढाउने र पार्टी सदस्यहरूको संख्यामा वृद्धि गर्ने हो । यसले आगामी स्थानीय चुनावमा पार्टीको सशक्त उपस्थितिलाई सुनिश्चित गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया