मुस्ताङ प्रहरीलाई उपकरण

जोमसोम ।
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडक आयोजनाले केही उपकरण जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई हस्तान्तरण गरेको छ । आयोजना प्रमुख ध्रुवकुमार झाले मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडियो) विष्णुप्रसाद भुसालको उपस्थितिमा सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख डिएसपी सूर्यबहादुर बोगटीलाई उपकरण हस्तान्तरण गरेका हुन् ।
आयोजनाबाट गति मापन (सस्पड रडार) तथा मापासे टेस्ट गर्ने उपकरण जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई हस्तान्तरण भएको मुस्ताङका प्रहरी प्रमुख एवं डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । यसअघि राष्ट्रिय गौरवको आयोजनाले मुक्तिनाथ जाने भक्तजनको सहजताका लागि आर्थिक वर्ष २०७५÷०७६ मा रेलिङ सहितको सिंढी बाटो निर्माण गर्न १ करोड बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटबाट मुक्तिनाथको तल्लो गेटदेखि उपल्लो गेटसम्म २ लेनको सिंढी बाटो निर्माण भएको थियो । आयोजनाले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कोरला पहुँचमार्ग निर्माणसँगै सामाजिक तथा सृजनात्मक कार्यमा समेत आर्थिक सहयोग पु¥याउँदै आएको आयोजना प्रमुख झाले बताए ।
मुस्ताङ प्रहरीले हिमालपारी यात्रा गर्ने सवारी साधन तथा यात्रुका लागि सवारी चालकसँग १ मिनेट र यात्रुसँग २ मिनेट अभियानसमेत चलाइरहेको छ । अभियानले सोमबार सय दिन पूरा गरेको छ । सवारी चालकसँग १ मिनेटमा सवारी दुर्र्घटना न्यूनीकरण र यात्रुसँगको २ मिनेट कार्यक्रममा यात्रुलाई पर्चा पम्प्लेट वितरण गरी हाइअल्टिच्युडबारे जानकारी दिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिए ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया