गुरुकुल र इन्फोम्याटिक्सलाई फुटसल उपाधि

समाधान संवाददाता २०८१ फागुन ७ गते १९:५२

पोखरा ।
हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । कास्की मोडनाइज्ड एकेडेमीलाई २–१ गोल अन्तरले हराउँदै गुरुकुलले उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले १ गोल फर्काए ।

Advertisement


उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदनले उपाधिसँगै नगद १ लाख, मेडल र ट्रफी पाएको छ ।
उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद ५० हजार मेडल र ट्रफी प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्या सदनका सुमित मल्ल बने । हाइस्कोरर कास्की मोडनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोडनाइजकै कुसल गिरी बन्न सफल भए ।

कलेजतर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउँदै उपधि जितेको छ । इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । इन्फोम्याटिक्सका नारन पुन ३, मन्दीप राजभण्डारी र निश्चिल घिमिरले समान १ गोल गरे । पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक एक गोलको योगदान दिए ।

Advertisement


इन्फोम्याटिक्सले उपाधिसँगै नगद २० हजार र पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजाका साथमा मेडल र ट्रफी पाएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।


विजयी खेलाडीलाई प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद समिति उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसानका उपाध्यक्ष बाबुराम पन्त, गण्डकीका संस्थापका अध्यक्ष रमाकान्त बराल, हिसान गण्डकी अध्यक्ष डा रामजी शर्मा, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, हिसान गण्डकी कोषाध्यक्ष टुकराज बास्तोला, सचिव डिल्लीराम अधिकारी, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ, प्रवन्धक गणेश कोइराला, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, लगायतले विजयी खेलाडी मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरे ।

Advertisement

तपाईको प्रतिक्रिया