एनसेलले ल्यायो २ नयाँ डेटा प्याक

समाधान संवाददाता २०८१ फागुन ८ गते १८:५५

पोखरा । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याक सार्वजनिक गरेको छ । यी प्याकले ग्राहकलाई सधैं अन राख्न योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएका हुन् ।

करसहित ९० शुल्क रहेको ९० अनलिमिटेड योजना अन्तर्गत, ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड इन्टरनेटको फाइदा लिन सक्छन् । ग्राहकलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ ।

यो अफर विषेशत छोटो अवधिका लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो । ग्राहकले एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३एष्ट्रिक्स४एष्ट्रिक्स१एष्ट्रिक्स४ह्यास डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् ।

Advertisement

कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाधरुपमा इन्टरनेट सेवा प्रदान गर्दछ । ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जिबी मोबाइल डेटा भोल्युम करसहित ५० रुपैयाँमा पाउन सक्छन् । यो डेटा ३ दिनसम्म मान्य रहन्छ ।
सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकाले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकलाई विषेश महत्व राख्दछ । ग्राहकहरूले एनसेल एपबाट वा एष्ट्रिक्स१२३एष्ट्रिक्स४एष्ट्रिक्स२एष्ट्रिक्स१ह्यास डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् ।

यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्ममा गीतसंगीतको मजा लिने लगायतका कार्यका लागि उपयुक्त छ । छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहकका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफर अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया