साँखेमा धार्मिक महोत्सव सुरु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगपालिका स्थित साँखेमा महायज्ञ सहितको महाशिवरात्री धार्मिक महोत्सव २०८१ सुरु भएको छ । साँखे फाँटमा रहेको १ सय २० वर्ष पुरानो मन्दिरको विकास गर्नुका साथै प्रचारप्रचार गर्न आयोजना गरिएको धार्मिक महोत्सवका पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले उद्घाटन गरे ।
भण्डारीले नेपाल सनातन हिन्दू धर्म मान्नेहरुको देश भएको दाबी गर्दै सबै धर्मको सम्मान गरी सनातन हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्नेमा जोड दिए । उनले तनहुँको विकासका लागि पहल भइरहे पनि देशको आर्थिक स्तर कमजोर भएका कारण जनअपेक्षा अनुसारको परिणाम देखाउन नसकेको दाबी गरे ।

महायज्ञ सहितको धार्मिक महोत्सवका मुल संयोजक गंगाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, नेपाली काँग्रेस तनहुँ २ का सभापति चूडामणि खनाल, नेकपा एकीकृत समाजवादी पार्टीका गण्डकी प्रदेश सचिवालय सदस्य थमनबहादुर आले, नागरिक पहिलो अभियानका भद्रबहादुर खत्री लगायतले धार्मिक महोत्सवले साँखेको सम्भावनालाई उजागर गर्न सक्नुपर्नेमा जोड दिए ।

पण्डित कपिल भट्टले कथा वाचन गर्ने महायज्ञको पहिलो दिन एक लाख २३ हजार दान संकलन भएको छ । आर्थिक संकलनबाट शिवालय क्षेत्रको विकास गरी धामको रुप दिइने उदेश्य राखिएको मुल संयोजक भट्टराईले बताए ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया