पोखराको प्रदर्शनी केन्द्रमा हुने वाडा अटो सोको बुकिङ खुला

पोखरा । आगामी चैत १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा हुने नाडा प्रिजेण्टस् वाडा अटो सोको तयारी तीव्र पारिएको छ । त्यसका लागि वाडाले बिहीबारदेखि बुकिङ खुला गरेको छ ।
गएको पुस २० गते काठमाडौंमा नाडालेसंस्थागत (प्रदेश) सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन (वाडा) का पदाधिकारी तथा सदस्यबिच पोखरामा पहिलो पटक वाडा अटो सो आयोजना गर्नेबारे अन्तक्र्रिया गरेको थियो । यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको हो ।
नाडा प्रिजेन्टस् वाडा अटो सोमा २ पाङग्रे, ३ पाङग्रे, ४ पाङग्रे, लाइट कमर्सियल, हेभी कमर्सियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिस्ट्रेसन गरिनेछ ।
वाडा अध्यक्ष दीपेन्द्र कोइरालाले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउँदै आएको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्तालाई सोले सकारात्मक ऊर्जा भर्ने अपेक्षा गरिएको छ । नाडाले सम्भाव्यता अध्ययन गरी प्रदेश एसोसिएसनहरुमार्फत नेपालका मुख्य सहरहरुमा अटो प्रदर्शनी आयोजना गर्ने जनाएको छ ।









मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया