बेलुनमा हावा भर्ने कमलेश दैनिक हाजिरीमा छुटे
समाधान संवाददाता
२०८१ फागुन ८ गते २०:०७

पोखरा । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार दैनिक हाजिरीको सर्तमा छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो ।
३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका लागि ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए। उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा विस्फोट भएको थियो। कमलेश त्यहि दिन पक्राउ परेका थिए ।
हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। उनीहरु दुवैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
घटनाको छानबिन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले काम पनि थालिसकेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया