‘संविधान संशोधन आवश्यक छ’

पोखरा ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पार्टीको पेसागत तथा वुद्धिजीवी विभाग प्रमुख डा डिला संग्रौलाले वर्तमान संविधान संशोधन गर्न आवश्यक भएको दाबी गरेकी छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजना गरिने ‘संविधान संशोधन आवश्यकता र चुनौती’ विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाबारे जानकारी दिन शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता डा संग्रौलाले वर्तमान निर्वाचन प्रणालीबाट कुनै पार्टीको बहुमत नआउने र जनताको चाहना पूरा गर्न सक्ने अवस्था नभएकै कारण संविधान संंशोधनमार्फत निर्वाचन प्रणाली लगायतका समस्या समाधान गर्नेतर्फ कांग्रेस अगाडि बढ्ने बताइन् ।
गणतन्त्रपछि पनि नेपाली जनताका चाहना पूरा गर्न नसकिएको स्वीकार गर्दै नेता डा संग्रौलाले प्रदेश सरकारको औचित्यका बारेमा पनि नागरिकस्तरबाट कुरा उठ्न थालेको टिप्पणी गरिन् । नेपाली जनताका चाहनालाई पूरा गर्न ठूला राजनीतिक दलले संविधान संशोधन गरेर भए पनि अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
संविधान संशोधन गरेर भए पनि जनतालाई सुशासन दिने काममा कांग्रेस जुटेको उनको भनाइ छ । संग्रौलाले यस क्षेत्रका कांग्रेसका विभिन्न पेसागत संगठनका प्रतिनिधिहरूको उपस्थितिमा संविधान संशोधनसम्बन्धी दुई कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यपत्रमाथि छलफल हुने जानकारी दिइन् ।
सो अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संविधान संशोधनमार्फत देशलाई अगाडि बढाउन जरुरी रहेको विचार राखे ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया