नेपाल नेत्र सहायक परिवार गण्डकीको अध्यक्षमा सुवास नेपाल

समाधान संवाददाता २०८१ फागुन ११ गते १०:४५

पोखरा ।

Advertisement

नेपाल नेत्र सहायक परिवारको गण्डकी प्रदेश सम्मेलन तथा अधिवेशन शनिबार भएको छ। अधिवेशनले हिमालय आँखा अस्पताल पाेखराका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका पुर्व अध्यक्ष सुवास नेपालको अध्यक्षता मा १३ सदस्यीय कार्यसमिती गठन गरेको छ ।

कार्यसमितीको उपाध्यक्षमा शान्ति चौधरी, सचिवमा तेजबहादुर गुरुङ, कोषाध्यक्षमा दिप गुरुङ, सह–सचिवमा दिनेश बानियाँ, सह–कोषाध्यक्षमा बिनम लामिछाने छन् । सदस्यमा ढाकाराम शर्मा, सुमित्रा अधिकारि, दिपिका गुरुङ, पल्लवी सुल्पे, गोविन्द ढकाल, चन्दा पाण्डे र रुमिला नेपाली छन् ।


कार्यक्रममा गण्डकी प्रदेश सरकारका पुर्व सचिव तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक डा. बिनोदबिन्दु शर्मा, नेपाल नेत्र सहायक परिवारका केन्द्रिय अध्यक्ष रमेश घिमिरे, केन्द्रीय महासचिव रमेश प्रधान, केन्द्रिय सदस्य मन्जु आचार्य, हिमालय आँखा अस्पताल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष गोबिन्दनाथ योगि, नेपाल नेत्र सहायक परिवार गण्डकी धौलागिरीका संथापक अध्यक्ष कृष्ण आचार्य, दृष्टि विशेषज्ञ भट्टराईको आतिथ्यता थियो ।

कार्यक्रम सञ्चालन नेत्र सहायक प्रसाद ढकालले गरेका थिए ।

Advertisement


केन्द्रीय अध्यक्ष रमेश घिमिरे तथा महासचिव रमेश प्रधानले अन्धोपन निवारणमा नेत्र सहायकको महत्वपूर्ण भूमिका रहेकाे बताए । सरकारी अस्पतालमा नेत्र सहायकको दरबन्दी नहुँदा सरकारको आँखा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताए । डा बिनोदबिन्दु शर्माले पालिका स्तरीय अस्पतालमा आँखा उपचार सेवा सञ्चालन गर्न आवश्क रहेको बताउँदै नेत्र सहायक गाऊँमा पुगेर बिरामीलाई सेवा दिन सकेमा अन्धोपन न्यूनीकरण हुने बताए ।

तपाईको प्रतिक्रिया