म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला

पोखरा ।
म्याग्दी मालिका गाउँपालिका –१, निस्कोटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत पुन शनिबार फार्मनजिकै पुलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
आत्महत्या वा हत्या भन्ने बारेमा थप छानबिन हुन बाँकी छ । मृतक तुल्सीका घटनाबारे कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले चासो दिएका छन् । मृतक तुल्सीका परिवार, कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले घटनाबारे गम्भीर अनुसन्धान गर्न र सङ्लग्न दोषीलाई कडा कारबाही गर्न त्यहाँको सरकारसँग माग गरेका छन् ।
साहुको अत्याचार र दुर्वव्यवहारका कारण आत्महत्या गरेको परिवार स्रोतकाे भनाइ छ । पुनका एक दाजु र एक बहिनी छन् । बुबाआमाको पहिले नै निधन भइसकेको छ । २८ वर्षिय तुल्सी गत असोजमा इपिएसमार्फत कोरिया गएका थिए ।









कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया