विद्यार्थीलाई कानुनी सचेतना प्रशिक्षण

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्रद्वारा विद्यार्थीहरूका लागि कानुनी सचेतना प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । लैंगिक एवं घरेलु हिंसाका विषयमा कानुनले गरेका सजायको व्यवस्थाका विषयमा जानकारी गराउने उद्देश्यले पोखरा–३० खुदीस्थित त्रिभुवन शान्ति माविमा कार्यक्रमको आयोजना गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा र इलाका प्रहरी कार्यालय डाँडाकोनाकको संयुक्त आयोजनामा विद्यालयका कक्षा ११ र १२ का १६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दुर्गा सुवेदीले लैंगिक तथा घरेलु हिंसा लगायतका कुप्रथालाई न्यूनीकरण गर्नका लागि कानुनी सचेतना कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धमा नयाँ मुलुकी ऐनमा भएका व्यवस्थाहरूको विषयमा जानकारी गराएका थिए ।
संस्थाकी अध्यक्ष गंगाकुमारी खनालले विद्यार्थीहरूले शिक्षण–सिकाइमा आधुनिक प्रविधिको सदुपयोग गर्नुपर्ने र यसका नकारात्मक पक्षहरूको विषयमा सजग र सचेत हुनुपर्नेमा जोड दिएकी थिइन् ।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिकी सदस्य विष्णुमाया पौडेल, शिक्षक अभिभावक संघका सदस्य प्रदीप ओझा, विद्यालयकी प्राचार्य सोमतकुमारी लामिछाने लगायतले आ–आफ्नो धारणा राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सहसचिव कृष्ण रिजालले गरेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया