पत्रकार किशोर नेपालद्वारा लिखित नेपालका निधिको पोखरा लोकार्पण

पोखरा । पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ पुस्तक आईतबार पोखरामा लोकार्पण गरिएको छ ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नेपालको राजनीतिक र प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नेलाई भुल्न नहुने बताए । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा लेखिएको पुस्तकमा इतिहास समेटिएको उनले सुनाए ।
निधि नेपाली कांग्रेसको सम्पत्ति भएको र यो पुस्तक युवा पुस्तालाई उपयोगी हुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । निधिले नेपालको प्रजातन्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएको उनले बताए । ‘प्रजातान्त्रिक आन्दोलनमा के योगदान दियो, नेपालको अर्थतन्त्रमा के भूमिका खेल्यो, नेपालको विकास र जनतासँग कति जोडियो भनेर राजनीतिक नेतृत्व विकास हुने र जन्मिने अवस्था अहिले छैन,’ उनले भने, ‘समाजिक सञ्जालमा कति फलोअर्स छन् त्यसका आधारमा नेता हुने जमना आए पनि विगतको योगदान र इतिहासलाई भुल्न हुँदैन ।’
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, रूपान्तरण प्रकाशनका प्रमुख रुचि श्रेष्ठलगायतले प्रजातन्त्र र लोकतन्त्रकका निम्ती योगदान गरेकोहरूको चर्चा गरिरहनु भनाइ राखेका थिए ।
प्रेस युनियन गण्डकी अध्यक्ष टंकराज अधिकारी, उपाध्यक्ष माधवप्रसाद रेग्मी, महासचिव प्रकाश ढकालले पुस्तक र महेन्द्रनारायण निधिको बारेमा चर्चा गरेका थिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया