पोखरेली युवा सांस्कृतिक परिवारले मनायो जनकवि केशरी धर्मराज थापाको शतवार्षिकी

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले जनकवि केशरी धर्मराज थापा शतवार्षिकी मनाएको छ । संस्थाले भाषा, साहित्य र गीतसंगीतका माध्यमले देशको सेवा गर्ने एक जना दिवंगत स्रष्टाप्रति सम्मान प्रकट गरेको छ ।
कार्यक्रममा साहित्यकार सरुभक्तले जनकविकेशरी धर्मराज थापाजस्तो विशेषता भएको व्यक्ति दोस्रो विरलै भेटिने उल्लेख गरे । थापाले मदन पुरस्कार र जगदम्बा पुरस्कार दुबै पाएका थिए ।
त्यो समयमा पनि उनले देशैभरी घुमेर कउति लेखेका थिए । सरुमक्तले भने, ‘उहाँ कवि हुनुका साथै अनुसन्धानकर्ता पनि हुनुहुन्थ्यो । नेपाल, भारतको पूर्वी भूभाग हुँदै बर्मासम्म पुगेर नेपाली भाषा, गीतसंगीत, नेपालीत्व र नेपाली चेतनाको प्रकाश फिंजाउने उहाँलाई सम्झेर पोखरेली युवा सांस्कृतिक परिवारले प्रशंसनीय काम गरेको छ ।’
जनकवि केशरीका जेठा छोरा मदनराज थापाले जनकवि केशरी कविमात्र नभई अन्वेषक, निम्न वर्गीय जनताका मित्र, लोक संगीतका धरोहर हुनुका साथै समाजमा नवीन चेतनाको प्रवाह गर्ने प्रयोगधर्मी भएको जनाए ।
अर्का छोरा कुन्जराज थापाले जनकविकेशरील्े मनमा लागेका, देखेका र सुनेका कुरासमेत लेख्नुपर्ने धारणा राख्ने गरेको स्मरण गरे ।
कार्यक्रममा लोक गायिका हरिदेवी कोइराला र पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति पदमराज ढकालले जनकविकेशरीका गीतहरु प्रस्तुत गरे । संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शिव संकल्प र सहसचिव हसिना बस्नेतले पनि बोलेका थिए । कार्यक्रममा कविहरु डा ईश्वरमणि अधिकारी र केशु शर्माले थापाका कविता वाचन गरे ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया