ज्ञानेन्द्रले मनाए छोरीको जन्मदिन

पोखरा ।
पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो परिवारसहित पोखराको भ्रमण गरेका छन् । उनले आफ्नी छोरी प्रेरणा शाहको जन्मदिन पोखराको ओपन हाउस रेस्टुरेन्ट र क्लब क्याटवाकमा मनाए ।
यो भ्रमणलाई पोखराका स्थानीय र पर्यटन व्यवसायीले महत्वपूर्ण रुपमा लिएका छन् । ओपन हाउस रेस्टुरेन्टमा आयोजित विशेष समारोहमा पूर्व राजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल शाह, छोरा पारस शाह लगायत परिवारका सदस्यको उपस्थिति थियो ।
प्रेरणाको जन्मदिनको अवसरमा केक काट्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । त्यसपछि उनीहरु क्लब क्याटवाक गएका थिए । ज्ञानेन्द्रले ओपन हाउसको सुन्दरता, व्यवस्थापन र वातावरणको प्रशंसा गरे । उनले पोखराको प्राकृतिक सौन्दर्यले आफूलाई मोहित पारेको बताए ।
ओपनहाउस र क्लब क्याटवाक दुवैको आतिथ्यले आफूलाई थप प्रभावित पारेको पनि उनले बताए । उनीहरुले स्थानीयवासँग घुलमिल भएर फोटो खिचाउनुका साथै कुराकानी पनि गरेका थिए ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया