राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी अध्यक्षमा शंकरप्रसाद पराजुली

पोखरा । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेशको अध्यक्षमा शंकरप्रसाद पराजुली चयन भएका छन्। पोखरामा आइतबार भएकाे अधिवेशनबाट उपाध्यक्षमा ताराप्रसाद तिवारी र महामन्त्रीमा युवराज पराजुली निर्वाचित भएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा पार्टीका पदाधिकारीहरू, प्रदेश सरकारका मन्त्रीहरू तथा विभिन्न अतिथिहरूको उपस्थिति थियो। निर्वाचन डेमोक्रेटिक लयर्स एसोशियसन, कास्कीका अध्यक्ष कमल पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिले सम्पन्न गराएको हो। संघको विधानको दफा १३ (३) अनुसार कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

खुल्ला सदस्यतर्फ रूपेश माझी, विष्णुहरी पराजुली, मिठुकुमारी श्रेष्ठ र तारा कुमारी पोख्रेल निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा कृष्णमाया सापकोटा र अनेमिका घर्तीमगर चयन भएका छन्।

जिल्लागत सदस्यहरूमा कास्कीबाट आशा गुरूङ, पर्वतबाट गणेश सुवेदी, तनहुँबाट माधव गिरी, स्याङ्जाबाट हिराबहादुर गुरूङ, म्याग्दीबाट करिष्मा पाइजा गर्बुजा, नवलपुरबाट लक्ष्मी देवी वि.क., गोरखाबाट हरि अधिकारी, मुस्ताङबाट दिनेश थकाली र लमजुङबाट रमा गोल्ने निर्वाचित भएका छन्।











फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया