व्यवसायी बतासको गुनासो- सुखमा सहयोग लिने साथीले दुखमा साथ दिएनन्

पोखरा ।
पोखराबाट व्यवसाय सुरु गरेर देशमै स्थापित बनेका बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले अहिले आफू कठिन अवस्थामा रहेको बताएका छन् । यस्तो कठिन अवस्थामा पनि निकै कम साथीहरुबाट मात्र साथ पाएको उनको गुनासो छ ।
आफ्ना व्यवसायिक साँझेदार नारायण पौडेललाई जन्म दिनको शुभकामना दिने क्रममा व्यवसायी बतासले यस्तो खुलाशा गरेका हुन् । उनले सामाजिक सञ्चाल फेसबुकमा कठिन परिस्थितिमा पनि बिना स्वार्थ आफूलाई साथ र समर्थन दिएको भन्दै पौडेलको प्रशंसा गरेका छन् ।
०५० को दशकमा पोखराबाट आफ्नै नेतृत्वमा व्यवसाय सुरु गरेका बतास देशकै सफल व्यवसायीमा गणना हुन्थे । उनी स्थापित अटो व्यवसायी हुन् । पछिल्लो समयमा उनको व्यापार व्यवसाय अप्ठेरो अवस्थामा परेको उनको स्टाटसले संकेत गर्छ ।
बतास आफूले दुख पाएकोमा भन्दा पनि हिजो आफ्नै सहयोगमा व्यापार व्यवसाय गरेका साथीहरुले दुखमा पर्दा साथ नदिएकोमा दुखी छन् ।
जीवन उतार-चढ़ावले भरिएको हुन्छ, र अहिले म कठिन समयको सामना गर्दैछु, धेरै मित्रले केवल शब्दमा साथ दिएका छन– बतासले भनेका भनेका छन्– जब म पूर्ण सक्षम र सबल थिएँ, मैले धेरै साथीहरूलाई व्यवसाय उठाउन, स्टार्टअपहरू स्थापना गर्न, र आवश्यक परेको बेला उनीहरूलाई धेरै पटक साथ दिएको थिएँ तर आज, जब मेरो परिस्थितिमा केही बदलिएको छ, तीमध्ये धेरैले केवल औपचारिक शब्द ( Lips Service) मात्र दिएका छन्।
व्यवसायी नारायण पौडेल र आनन्द बतास व्यवसायिक साँझेदार मात्र नभएर पुराना साथी पनि हुन् । पछिल्लो समयमा यि दुई व्यवसायी मिलेर मणिपाल शिक्षण अस्पतालको स्वामित्व भारतीयबाट खरिद गरेर सञ्चालन गरिरहेका छन् ।
पौडेललाई आज अर्थात फगुन १२ गते जन्मदिनको शुभकामना दिने क्रममा बतासले भावुक शब्द लेख्दै फेसबुकमा पोष्ट गरेका छन् । उनको पोष्ट जस्ताको तस्तै–
नारायणजी
यो विशेष दिनमा, म केवल तपाईंलाई जन्मदिनको शुभकामना दिन मात्र चाहन्न, बरु तपाईं जस्तो असल मित्र भएकोमा मेरो गहिरो आभार व्यक्त गर्न चाहन्छु।
जीवन उतार-चढ़ावले भरिएको हुन्छ, र अहिले म कठिन समयको सामना गर्दैछु। धेरै मित्रले केवल शब्दमा साथ दिएका छन्, तर तपाईंले बिना कुनै स्वार्थ, बिना कुनै हिचकिचाहट, साँचो समर्थन दिनुभएको छ। यही नै असली मित्रता हो, र यसका लागि म तपाईंप्रति अत्यन्तै कृतज्ञ छु।
जब म पूर्ण सक्षम र सबल थिएँ, मैले धेरै साथीहरूलाई व्यवसाय उठाउन, स्टार्टअपहरू स्थापना गर्न, र आवश्यक परेको बेला उनीहरूलाई धेरै पटक साथ दिएको थिएँ।
तर आज, जब मेरो परिस्थितिमा केही बदलिएको छ, तीमध्ये धेरैले केवल औपचारिक शब्द ( Lips Service) मात्र दिएका छन्।
तर तपाईं,साँचो मित्रता कस्तो हुन्छ भन्ने देखाउनु भएको छ। तपाईंको ईमन्दारिता र निःस्वार्थ सहयोग म कहिल्यै भुल्ने छैन।
तपाईंको जन्मदिनमा, म तपाईंको जीवनमा अपार खुशी, सफलता, र सबै इच्छित सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गर्छु। जीवनले तपाईंलाई तपाईंको असल कर्मको अझ ठूलो पुरस्कार देओस्।
“”हामी BATAS परिवार पूर्ण विश्वस्त छौं ,भगवानको आशीर्वाद र केही तपाईं जस्ता असल साथीहरूको सुभेच्छा र साथमा पुन थप सबल , सरल र संवृद्धिका साथ आउनेछ””
तपाईंको विशेष दिनको भरपूर मजा लिनुहोस्, तपाईं यसका साँचो हकदार हुनुहुन्छ!
गहिरो सम्मानका साथ,
Ananda Raj BATAS

तपाईको प्रतिक्रिया