सिक्लेसमा पोखरा आदर्शका विद्यार्थीको कार्यशाला गोष्ठी

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगर-१,पोखरामा अध्ययनरत कक्षा ११ विज्ञान समूहका ३५ जना विद्यार्थीले पर्यटकीय गाउँ सिक्लेस पुगेर विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका छन्।
सिक्लेसको गाउँमा गरिएको दुई दिवसीय कार्यशाला गोष्ठीमा विद्यार्थीहरुले नेपाली र अङ्ग्रेजी साहित्य, जीवबिज्ञान, भौतिक शास्त्र, रसायन शास्त्र, र कम्पुटर अन्तर्गत विभिन्न शीर्षकमा आफ्नो प्रस्तुति दिएका थिए।
कार्यशाला गोष्ठीका परिकल्पनाकार एवम् निर्देशक नारायण न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भने, “विद्यार्थीहरुले खोज तथा अनुसन्धानका माध्यमबाट वैयक्तिक क्षमता अभिवृद्धि गर्न सकुन् भन्ने अभिप्रायका साथ स्कुलले यस्ता बौद्धिक कार्यक्रम संचालन गरिरहेको छ।” न्यौपानेका अनुसार उक्त कार्यक्रममा विद्यार्थीले श्रब्य दृश्य सामग्रीसहित आधुनिक प्रविधिको उपयोग गरी आफना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।
नवीनतम सिकाइ अभ्यासद्वारा विद्यार्थीहरुको सक्रिय सहभागितामा संचालित उक्त कार्यशाला गोष्ठीमा सहभागी भएका प्रस्तुतिहरु लाई मूल्यांकन गरि पुरस्कृत गरिएको थियो। गोष्ठीका अध्यक्ष बलराम सुवेदी र ज्योति चालिसेले निर्णायकको भूमिका निर्वाह गरेका थिए। सुवेदीले भने, “गोष्ठीका प्रस्तुतिलाई मूल्यांकन गर्ने गरिदैन। तर विधार्थीहरु लाई प्रेरित गर्न आकर्षक नगद एवं जिन्सी सामग्री बाट पुरस्कृत गरिएको हो। सबै सहभागीले प्रमाणपत्र प्राप्त गरे।”
भौतिक शास्त्रमा केन्द्रित सुदिप जैसीको समूह प्रथम भएको थियो भने नेपाली साहित्यमा प्रस्तुति दिने योगराज ढुंगानाको समूह दोश्रो भएको थियो। अङ्ग्रेजी साहित्यमा केन्द्रित रश्मि अधिकारीको प्रस्तुतिले तृतीय पुरस्कर प्राप्त गरेको थियो। त्यस्तै गरि विभिन्न रमाइलो खेल र कार्यक्रममा आयुश पौडेल, समित विक, शिल्पिका त्रिपाठी, रचना भण्डारी, उषा त्रिपाठी र रश्मि अधिकारी लगायतका विद्यार्थी पुरस्कृत भएका थिए। साझ गरिएको सास्कृतिक कार्यक्रममा दीक्षा लामा, मनिका आचार्य, तृष्णा भण्डारी, रेश्मा केसी र स्मृति बस्नेतले विभिन्न लोकनाच प्रस्तुत गरेका थिए।
कार्यक्रम संयोजक कुशल तिमिल्सिनाका अनुसार सिकाइका सन्दर्भमा यस प्रकारको अनुसन्धानात्मक शिक्षण पद्धति साच्चिकै प्रभावकारी र अनुकरणीय हुने देखियो।
विद्यार्थीहरु दोस्रो दिन बिहानै सूर्योदय, हिमाल र चरा हेर्न करिब एक घन्टा लगाएर “रिसिङ डाडा”मा हाइकिङ गरेका थिए। उक्त डाडा बाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाल र अन्य हिमालहरु नजिकबाट देखिन्छ।










सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया