संरक्षणकर्मी गुरुङलाई पुरस्कार

समाधान संवाददाता २०८१ फागुन १३ गते १०:५९

पोखरा ।
४ दशकदेखि पञ्चासे क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याएकोमा संरक्षण अभियन्ता हेमबहादुर गुरुङलाई पञ्चासे संरक्षण पुरस्कार २०८१ बाट सम्मान गरिएको छ । माछापुच्छ्रे विकास संघ कास्कीको संरक्षकत्व र व्यवस्थापनमा सञ्चालित सो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ ।

Advertisement


गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गुरुङलाई फेता, भांग्रा लगाएर सम्मानपत्र गरे । माछापुच्छ्रे विकास संघले वन वातावरण र जैविक विविधताको संरक्षणमा काम गरेवापत विश्व वन्य जन्तु कोष नेपालबाट अब्राहम संरक्षण पुरस्कार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वातावरण संरक्षण पुरस्कार पाएको छ ।


युके एडले प्रदान गरेको जलवायु अनुकूलन प्रवद्र्धन पुरस्कारको १२ लाखबाट कोषबाट पुरस्कार स्थापना गरेको हो । संस्थाका संस्थापकसमेत रहेका गुरुङले विस २०४० सालदेखि जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जन लगायत पञ्चासे क्षेत्रको एकीकृत विकास अभियान थालेका हुन् ।

Advertisement


पञ्चासे क्षेत्रको वन, वातावरण, जैविक विविधिताको संरक्षण र सामुदायिक विकासमा उल्लेखनीय योगदान पु¥याएका गुरुङले नर्वेजियन सरकारको तर्फबाट नेपालको पहिलो प्रतिनिधिका रुपमा काम गरेको संघका अध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिए ।


विदेशमा रहेका आफन्तको चिठी पढ्न तथा मनोभावना सहितको जवाफ लेखी पठाउन भएको कठिनाइलाई महसुस गरी माछापुच्छ्रे विकास संघको तर्फबाट टोल टोलमा पौढ शिक्षा थालनी गरेका गुरुङले गाउँ घरबाट पञ्चासे बुलेटिनको (नेपालको पहिलो ग्रामीण पत्रिका प्रसिद्ध पञ्चासे) प्रकाशन गरेका थिए ।

Advertisement


नर्वेमा बसोबास गर्ने गुरुङले पछिल्लो समयमा जन्मस्थलमा तामांगी संग्रहालय र सिकाइ केन्द्र स्थापना गरेका छन् । उद्योग तथा पर्यटन मन्त्री बस्यालले पर्यटकीय, धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण पञ्चासे क्षेत्रको जैविक विविधताको संरक्षण र आध्यात्मिक पर्यापर्यटनको सम्भावना रहेको बताए । प्राकृतिक सुन्दरता, सांस्कृतिक र पुरातात्विक हिसाबले महत्वपूर्ण पञ्चासेको क्षेत्रको विकासमा संस्थाको योगदान रहेको उल्लेख गर्दै उनले पञ्चासे क्षेत्रको संरक्षण र विकासमा मन्त्रालयले सहकार्य गर्ने जनाए ।


माछापुच्छ्रे विकास संघका कार्यकारी निर्देशक दिलबहादुर भट्टराईले कास्की, पर्वत र स्याङ्जाको संगम स्थलको रुपमा रहेको पञ्चासेले ६ पालिकाका १२ वडालाई समेटेको बताए । ४ थेग्रायन बाँध निर्माण गरेर फेवाताल जलाधार क्षेत्रको ग्रेगानलाई रोक्ने काम भएको उल्लेख गर्दै उनले फेवामा वातावरणीय भुक्तानी सेवा प्रणालीको सुरुवात भएको जनाए ।


‘पञ्चासे क्षेत्रको तन, मन, धनः कृषि, वन, वातावरण र पर्यटन’ भन्ने नाराका साथ भएको कार्यक्रममा जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेल, पोखरा महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष रामकाजी गुरुङ, माछापुच्छ्रे विकास संघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष गीतादेवी पौडेल, सचिव कृष्णमाया गुरुङ, पुरस्कार छनोट समितिका संयोजक खगेन्द्रराज बराल, साहित्यकार नारायणप्रसाद गौतम लगायतले पञ्चासे क्षेत्रको विकासबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया