१०० जनाको क्यान्सर जाँच

समाधान संवाददाता २०८१ फागुन १३ गते १२:०१

पोखरा ।
रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा दरगाउँटारमा शनिबार पाठेघरको भिआइए परीक्षण गरिएको छ ।

Advertisement


रुपा–१ दरगाउँटारमा भएको कार्यक्रममा १ सय जनाको स्वास्थ्य परीक्षण गर्दा १२ जना महिलामा भिआइए पोजेटिभ देखिएको गण्डकी मेडिकल कलेज पोखराकी स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ डा. बालकुमारी शाहले बताइन् । उनको टिममा डा निरुता बुद्ध, डा पूजा घिमिरे, डा सुरेश शाह र शुवेच्छा थापा थिए ।


हालसम्म पोखरा १६ जुम्लेटी, पोखरा ७ घारीपाटन, फेदीखोला ३ भाटखोला, स्याङ्जा, पोखरा ५ मालेपाटनमा ४ सय ६७ जनाको भिआइए परीक्षण भएकोमा २७ जनामा पाठेघरको संक्रमणको संकेत देखिएको क्लबका अध्यक्ष दीपेन्द्र शर्माले बताए ।


क्लबले २०८२ असार १५ मसान्तसम्म गण्डकी प्रदेशका १५ सय महिलाको पाठेघरको मुखको क्यान्सर निशुल्क परिक्षण गर्ने लक्ष्य लिएको छ । उक्त कार्यका लागि रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिलको पनि सहकार्य छ ।


सो अवसरमा रुपा १ का अध्यक्ष रामबहादुर गोदारले ग्रामीण भेगमा बसोबास गर्ने महिलाको नियमित रुपमा स्वास्थ्य परीक्षण गराउन सहज नभएको अवस्थामा गाउँमै आएर महिला शिविर आयोजना गरेकोमा धन्यवाद दिए ।

Advertisement


रोटरी डिस्ट्रिक्ट मेम्बरसिप चेयर सुवास सिग्देलले रोटरी क्बलले लामो समयदेखि रुपा गाउँपालिकाभित्र खानेपानी, विद्यालय भवन निर्माण, शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया