लामाचौरमा र घार्मीमा शिवरात्रिको तयारी

समाधान संवाददाता २०८१ फागुन १३ गते १२:२६

पोखरा ।
महाशिवरात्रि पर्व नजिकिदै आउँदा देशभरका शिव मन्दिरमा शिवरात्री मनाउने तयारी छ । हिन्दू धर्मालम्वीका आराध्यदेव शिवको पूजा अर्चना गरी शिवरात्री पर्व मनाउने परम्परा छ ।

Advertisement


फागुन १४ गते परेको महाशिवरात्रिका लागि देशभरका शिव मन्दिरमा सजावट र सरसफाइ गरिँदै छ । पर्वकै अवसरमा लामाचौर स्थित नव आदर्श सामुदायिक विकास समाजले छैटौं संस्करणको शिव दर्शन यात्राको तयारी गरेको छ । यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने उज्ञेश्यले ६ वर्षअघि समाजले यात्रा थालनी गरेको थियो ।

विभिन्न झाँकी, बाजागाजा र भजनकीर्तनसहित हुने यात्राको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए । कणेश्वर शिवालयवाट सुरु हुने शिव यात्रा, महेन्द्रेश्वर शिवालय, जलेश्वर शिवालय, सुरथेश्वर शिवालय हुँदै सर्वेश्वर शिवालय मन्दिरमा पुगेर समापन हुने अध्यक्ष भण्डारीले सुनाए । बिहान ७ बजेदेखि यात्रा सुरु हुनेछ ।


पोखरा १९, घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दिरमा पनि शिवरात्रि भव्य रुपले मनाउने तयारी छ । मन्दिर व्यवस्थापन समितिले बुधवार मन्दिर परिसरमा भजनकीर्तनसहित शिव धुनी जगाएर आराध्यदेव शिवको महिमा प्रस्तुत गर्ने अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए ।


पर्वलाई लक्षित गरी मन्दिर परिसरलाई सजिसजाउ गरिएको छ ।धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको सो स्थलवाट पोखरासहित माछापुच्छ्रे र अन्नपुर्ण हिमश्रृखंला दृश्यावलोकन गर्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया