लेखनाथको कालिका बोर्डिङ ३२ वर्षमा

लेखनाथ । कालिका बोर्डिङ स्कुल पोखरा २८ कालिकाको ३१ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सोमबार भएको छ । कार्यक्रमा पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसीले कालिका बोर्डिङ पोखरा २८ को गहना भएको उल्लेख गरे ।
उनले यसलाई प्राविधिक शिक्षालयका रुपमा विकास गराउनुपर्नेमा जोड दिए । जिसीले विद्यालको भौतिक विकाससँगै शिक्षाको गुणस्तर वृद्धिका लागि आफ्नो सदैव साथ सहयोग निरन्तर रहने प्रतिवद्धता गरे । नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीले संस्कार सहितको व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको भनाइ राखे ।
मादी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष हुमनाथ अधिकारीले विद्यालयलाई आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता गरे । युनिप्स नेपालका अध्यक्ष विश्वराज आचार्यले सहर बजारमै विद्यार्थी पठाउने प्रवृति अभिभावकमा देखिएको बताउँदै यसले विद्यार्थीको पढाइ लगायतका कुरामा नकारात्मक असर पर्नेतर्फ सचेत हुनुपर्ने विचार राखे ।
कार्यक्रममा विद्यालयका संस्थापक एवं पोखरा महानगरपालिका वडा नं. २७ का वडा सदस्य वीरेन्द्र भण्डारी, विकल पौडेल, जनज्योति माविका प्रधानाध्यापक रुद्रबहादुर थापा, अभिभावक राधाकृष्ण तिवारी, विद्यार्थी शुभेच्छा तिवारी, भाइस प्रिन्सिपल खगेन्द्र भण्डारी लगायतले बोलेका थिए ।
उक्त अवसरमा शैक्षिक सत्र २०७९/८० मा शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । समारहेमा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल राजेश भण्डारीले शैक्षिक प्रतिवेदन प्रस्तुत गरे ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया