पोखरा नर्सिङ क्याम्पसको वार्षिकोत्सव

पोखरा ।
पोखरा नर्सिङ क्याम्पस पोखराको ४२ औं वार्षिकोत्सव समारोह मंगलबार भएको छ । कार्यक्रममा पूर्व क्याम्पस प्राध्यापक भगवती केसीले नर्सिङ जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पोखरा नर्सिङ क्याम्पस सफलताको शुभकामना दिइन् ।
उनले क्याम्पसले अब अध्ययन अध्यापनसँगै अनुसन्धानतर्फ पनि जोड दिनुपर्ने सुझाइन् । क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले पोखरा नर्सिङमा नियमित रुपमा सञ्चालन भइरहेका शैक्षिक, प्रशासनिक कार्यक्रमका साथसाथै विद्यार्थीको ज्ञान, सीप र गुणस्तर वृद्धि हुने खालका नयाँ कार्यक्रम थप्दै लगिएको जनाइन् ।
यस्ता कदमले दक्ष नर्सिङ जनशक्ति उत्पादनमा योगदान पुग्ने उनको भनाइ छ । २०३९ फागुन १७ गते स्थापना भएको यो क्याम्पसमा स्थापना बेला ४० विद्यार्थी थिए । सिएमए कार्यक्रमबाट सुरु भएको क्याम्पसमा हाल स्नातकोत्तर तहसम्म अध्यापन हुन्छ ।
समारोहमा पूर्व विद्यार्थी मञ्चकी अध्यक्ष उपप्राध्यापक गीता घिमिरेले बिएनएस तेस्रो वर्षका र बिएस्सी चौथो वर्षका विद्यार्थीहरु वन्दना तिवारी र प्रकृति अधिकारीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिन् । क्याम्पसले ४१ वर्ष पूरा गरेको अवसरमा उपप्राध्यापक रेखा थपलियाको संयोजकत्वमा सप्ताहव्यापी खेलकुद आयोजना गरिएको छ ।
विद्यार्थीले कार्यक्रममा नेपाली संस्कृति झल्काउने बिभिन्न गीत, कविता तथा नृत्यसमेत प्रस्तुत गरेका थिए । सोही अवसरमा क्याम्पसका बिभिन्न तहका विद्यार्थी, शिक्षक कर्मचारीलाई खेलकुदमा उत्कृष्टताको पुरस्कारसमेत प्रदान गरिएको थियो ।
वार्षिकोत्सवमा क्याम्पसले प्रकाशनमा गरेको जर्नल, वार्षिक प्रतिवेदन, इएमआइएस प्रतिवेदन २०८१ तथा बुलेटिनसमेत सार्वजनिक गरियो । कार्यक्रममा नेपाली संस्कृति झल्काउने बिभिन्न गीत तथा नृत्य विद्यार्थीले प्रस्तुत गरेका थिए । उपप्राध्यापक सिर्जना पौडेल, शाखा अधिकृत धनबहादुर थापालाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षकको तर्फबाट प्राध्यापक संघका अध्यक्ष नीलम महर्जन र कर्मचारीको तर्फबाट कर्मचारी संघ पोखरा क्याम्पस इकाइ समिति उपसभापति लक्ष्मणप्रसाद घिमिरे तथा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान, अस्पताल नर्सिङ प्रशासक कमला राना र सहायक क्याम्पस प्रमुख शारदा शर्माले पनि बोलेका थिए । कार्यक्रम सञ्चालन मुख्य कार्यालय सहायक हसिना बस्नेतले गरेकी थिइन् ।









सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया